कान्छी प्राध्यापक डा. उर्मिलाको निधन,  सहयोग सङ्कलन रोकिदिन परिवारको आग्रह

काठमाडाैं | चैत ३०, २०७९

कान्छी प्राध्यापक डा. उर्मिलाको निधन,  सहयोग सङ्कलन रोकिदिन परिवारको आग्रह

काठमाडौं:   त्रिभुवन विश्वविद्यालयको गणित केन्द्रीय विभागका प्राध्यापक डा. उर्मिला प्याकुरेलको ४२ वर्षको उमेरमा निधन भएको छ । सात वर्षदेखि क्यान्सरको उपचारत उनको बुधबार राति नर्भिक अस्पतालमा निधन भएको उनका भाई राजेन्द्र प्याकुरेलले जानकारी दिए । 


दिवंगत प्याकुरेलको बिहीवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व.प्याकुरेल त्रिभुवन विश्वविद्यालयकै गणित विषयकी कान्छी प्राध्यापक हुन् । उनले क्यान्सर लागेकै बेला त्रिभुवन विश्वविद्यालयबाट ३५ वर्षको उमेरमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको थियो भने ४१ वर्षको उमेरमै प्राध्यापक पदमा बढुवा भएकी थिइन् । 


व्यावहारिक गणितमा अनुसन्धानमा रुचि राख्ने उहाँ अनुसन्धानकै क्रममा जर्मनीको अलेक्जेन्डर वोन हम्बोल्ट फाउन्डेसनमा फेलोसिपमा थिईन । उनको अनुसन्धान नेपालको ट्राफिक जामको समस्या समाधान कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो ।


जर्मनी र नेपालमा रहँदाको उपचार खर्च करिब साढे चार करोड रुपियाँ आफैँले खर्च गरेसकेकी उनले पछिल्लो समय क्यान्सरको नवीन र महँगो उपचार गर्नु परेकाले सहयोगका लागि सार्वजनिक आह्वान गरेकी थिइन् । 


उनले गर्नुपरेको नयाँ उपचार इम्युनोथेरापीको एक उपचार चक्रको मात्र करिब चार लाख रुपियाँ पर्ने र हरेक २१ दिनमा करिब एक वर्ष उपचार गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गत फागुन २४ गते सहयोगको अपिल गरेकी थिईन । तर दुई उपचार चक्र पूरा नहुँदै उहाँको निधन भएको हो ।


उनले आह्वानका कारण नेपाल र विदेशबाट पनि सङ्कलित रकम र खर्चको विवरण दैनिक सामाजिक सञ्जालबाट आफैँले सार्वजनिक गरेकी थिइन् । 


उनको  अप्रत्यासित निधन भएका कारण अबदेखि त्यस्तो सहयोग रोक्न उहाँको परिवारले अपिल गरेको छ ।


उनका भाई प्याकुरेलले भने, “उहाँको उपचार सहयोग सङ्कलनका लागि थालिएको अभियान अन्त्य भएको व्यहोरा परिवारका तर्फबाट सबैमा जानकारी गराउँछौँ । यहाँहरुले गर्नुभएको माया, सद्भाव र सहयोगप्रति आभारी छौँ । यहाँहरुले गर्नुभएको सहयोग तर उपचारमा प्रयोग हुन नपाएको सङ्लित स्रोतलाई उहाँकै स्मृतिमा यहाहरुसँगको परामर्शमा उपयोग गरिने व्यहोरा अवगत गराउँछौँ ।”


 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्